काठमाडौं– वीरगञ्जमा दुई अस्पतालका १० कर्मचारीसहित ४५ जनालाई कोरोना पुष्टि भएको छ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार शनिबार राति आएको रिपोर्टमा नारायणी अस्पतालमा कार्यरत ७ र बयोधा अस्पतालका ३ कर्मचारीसहित ४५ जनालाई कोरोना संक्रमण देखिएको हो।
उपाध्यायका अनुसार ८ वर्षका बालकदेखि ७० वर्षका ३५ जना पुरूष र १० जना महिलामा कोरोना पुष्टि भएको छ।