काठमाडौं- सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम भएको छ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर एक हजार ३२५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।