सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुर अस्पतालका मेसुसहित पाँच जनालाई कोरोना संक्रमण पुष्टि

भरतपुर अस्पतालका मेसुसहित पाँच जनालाई कोरोना संक्रमण पुष्टि

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अन्य संक्रमितमा तीन चिकित्सक र एक स्वास्थ्यकर्मी छन्।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं- भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित पाँच जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अन्य संक्रमितमा तीन चिकित्सक र एक स्वास्थ्यकर्मी छन्।

उनीहरुलाई शनिबार अबेर राति कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।

अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि अस्पतालको आकस्मिक कक्षको सेवा हिजो राति ८ बजेदेखि स्थगित गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए।

“अस्पताल निर्मलीकरण गर्नका लागि तत्कालका लागि सेवा स्थगित गरिएको छ, केही घन्टापछि पुनः सेवा सुचारु हुनेछ,” उनले भने।

यसअघि गत बिहीबार अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो। नर्सलाई कोरोना संक्रमण देखिएपछि गत शुक्रबार आकस्मिक कक्ष सिल गरिएकोमा हिजो राति ८ बजेदेखि सेवा सञ्चालन गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए।

प्रकाशित: Aug 16, 2020| 09:50 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।