बिहीबार, भदौ ११, २०८३

कोरोना कोषमा सनराइज बैंकको ७९ लाख सहयोग

 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

सनराइज बैंकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ सहयोग गरेको छ ।

सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।

उक्त सहयोग रकम रकम बैंकका सञ्‍चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक आरती राज्यलक्ष्मी राणा पनि सहभागी थिए । प्रदान गरिएको रकमबाट कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग पुग्‍ने बैंकको विश्वास छ ।

सहयोग लिँदै अर्थमन्त्री खतिवडाले बैंकलाई धन्यवाद दिए । प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने खतिवडाले बताए । सनराइज बैंकले यसअघि पनि देशका विभिन्‍न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासँग लड्न अति आवश्यक सामग्रीहरु पीपीई मास्क, स्यानिटाइजर सहयोग गरेको थियो ।

प्रकाशित: Aug 16, 2020| 12:09 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्