बिहीबार, भदौ ११, २०८३

एनआईसी एशिया बैंकको नाफा बढ्यो

 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

गत आर्थिक वर्ष ०७६/७७ कर्जा जोखिम वापतको व्यवस्थाका लागि प्रोभिजन बढाउँदा पनि एनआईसी एशिया बैंकको खुद मुनाफा बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको खुद मुनाफा बढेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्ष ०७५/७६ को भन्दा ३.१५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २ करोड ३२ लाख ८३ हजार खुद मुनाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १२ करोड १४ लाख ८८ हजार खुद मुनाफा आर्जन गरेको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानीसँगै शुल्क तथा कमिसन आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा जोखिम वापतको व्यवस्थाका लागि प्रोभिजन रकम बढाउँदासमेत मुनाफामा सामान्य वृद्धि भएको हो । अघिल्लो-अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ९६ करोड ३३ हजार खुद ब्याज आम्दनी गरेको बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ६० करोड ४८ लाख ३१ हजार खुद ब्याज आम्दानी गरेको छ ।

खुद ब्याज आम्दानीसँगै शुल्क तथा कमिसन आम्दानी पनि बढेको बैंकको सम्भावित कर्जा जोखिमबापतको व्यवस्थाका लागि एक अर्ब १२ करोड ४ लाख ७४ हजार प्रोभिजन गर्दा पनि बैंकको नाफा बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले सम्भावित कर्जा जोखिमका लागि ५९ करोड ८९ लाख १७ हजार छुट्याएको थियो । गत आर्थिक वर्षमा बैंकले सम्भावित कर्जा जोखिमका लागि ५२ करोडभन्दा बढीले प्रोभिजन बढाएको छ । 

गत आर्थिक वर्षमा बैंकको कर्जा लगानीभन्दा निक्षेपका वृद्धि बढी देखिएको छ । गत आर्थिक वर्षमा बैंकको निक्षेप करिब ३० अर्बले विस्तार हुँदा कर्जा लगानी भने करिब १९ अर्बले बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७१ अर्ब ४२ करोड ८४ लाख ११ हजार निक्षेप रहेको बैंकको गत आर्थिक वर्षको अन्त्यमा आउँदा बढेर २ खर्ब २ अर्ब १० करोड ३३ लाख पुगेको छ । यस्तै अघिल्लो आर्थिक वर्षमा १ खर्ब ४२ अर्ब ५७ करोड ४० लाख ६ हजार रहेको कर्जा लगानी गत आर्थिक वर्षमा वृद्धि भएर १ खर्ब ६० अर्ब १८ करोड ५६ लाख ५९ हजार पुगेको छ । 

९ अर्ब ७१ करोड ७६ लाख ५२ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड ४१ लाख ६ हजार रहेको छ । यस्तै लगानीकर्तालाई बाँड्न सक्ने सञ्चित कोषमा १ अर्ब ६९ करोड ३७ लाख ७७ हजार रहेको छ । गत आर्थिक वर्षको बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ४४ करोड ७ लाख ३७ हजार छ । 

बैंकको निष्क्रिय कर्जा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ०.४६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा बढेर ०.७५ प्रतिशत पुगेको छ । यस्तै बैंकको पुँजीकोष अनुपात १३.२० प्रतिशत, सीसीडी रेसियो ७०.२९ प्रतिशत, आधार ब्याजदर ७.७० प्रतिशत र स्प्रेड रेट ४.३९ प्रतिशत रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १७.२२ गुणा, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा छ ।

प्रकाशित: Aug 16, 2020| 12:06 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्