विराटनगर– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
विराटनगर-२ की ५० वर्षीया महिलाको उपचारका क्रममा शनिबार राति साढे १२ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। उनका अनुसार अहिले मृतकको शव व्यवस्थापन भइरहेको छ।
विराटनगरस्थित न्यूरो अस्पतालमा पाँच दिनदेखि उपचाररत ती महिलालाई अत्यधिक ज्वरो र खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो।
विराटनगरका सात जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।