अनिष धेरै मेहनती छन्। लगन भए पढ्न, काम गर्न सकिन्छ भन्ने उनी प्रमाण हुन् । उनीमा हामीभन्दा बढी बुझ्ने क्षमता छ। हरेक कुरालाई हामीभन्दा बढी लगाव दिएर पूरा गर्छन्।
विस्तारै हामी पनि उत्पादनतर्फ लाग्नुपर्छ। लुब्रिकेन्ट्स, टायर, ब्याट्री, वायरलगायत अन्य पार्टपूर्जा आफैं उत्पादन गर्न सक्ने वातावरण सरकारले बनाउनु पर्छ। यसका लागि स्थिर सरकारी नीति आवश्यक हुन्छ।