आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेलायती अस्पतालमा शय्या अभाव, बिरामी व्यवस्थापन गर्न कठिन हुने चिकित्सकहरूको चेतावनी

बेलायती अस्पतालमा शय्या अभाव, बिरामी व्यवस्थापन गर्न कठिन हुने चिकित्सकहरूको चेतावनी

कोरोना भाइरस सङ्क्रमित बढ्दै गएका कारण इङ्ल्याण्डका अस्पताल प्रमुखहरूले शय्या व्यवस्थापनमा कठिनाइ भएको बताएका छन्। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं- कोरोना भाइरस सङ्क्रमित बढ्दै गएका कारण इङ्ल्याण्डका अस्पताल प्रमुखहरूले शय्या व्यवस्थानमा कठिनाइ भएको बताएका छन्। 

स्वास्थ्य सेवा प्रदायक तथा चिकित्सकहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई हप्ताभित्रमा क्षमताभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था आउन सक्ने प्रशासनलाई बताएको गोप्य स्रोतलाई उल्लेख गर्दै एएफपीले समाचारमा जनाएको छ।  

बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड-१९ भएको उल्लेख गरिएको छ। दक्षिणपूर्वी इङ्ल्याण्डमा कोभिड सङ्क्रमितको सङ्ख्यामा नाटकीय वृद्धि देखिएको छ। यो क्षेत्र हालै नयाँ प्रकारको कोभिड-१९ का जिवाणु पाइएको क्षेत्र बताइएको छ।  

बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका कोभिड-१९ का सङ्क्रमितको सङ्ख्या ३० हजारभन्दा बढी पुगेको छ। यो पहिलो चरणको सङ्क्रमणका समयको भन्दा बढी हो। 

इङ्ल्यान्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने एनएचएस प्रमुखले भने, ‘संक्रमणको तीव्र वृद्धिले अस्पतालका उपचाररत केही विरामीहरूलाई नर्सिंग होम वा केयर होममा केही थप शय्या व्यवस्थापन गरी सार्न बाध्य तुल्याएको अस्पताल सञ्चालकहरूले बताएका छन्।’ 

क्रिस होपप्सनले बीबीसी रेडियोसँग भनेका छन्, ‘हामीले विगत एक हप्तामा इङ्ल्याण्डमा मात्र पाँच हजार नयाँ बिरामीलाई भर्ना गरेका छौँ। यो कोभिड-१९ का बिरामीका लागि छुट्याइएका शय्याभन्दा १० गुणा बढी हो। साँच्चै यो निकै चुनौतीको विषय हो।’ 

प्रकाशित: Jan 08, 2021| 02:59 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।