शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढी: ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, १८ वटा विद्यालय प्रभावित

भोटेकोशी बाढी: ७ हजार ५७० घर पूर्ण क्षतिग्रस्त, १८ वटा विद्यालय प्रभावित

 |  शनिबार, भदौ २०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०८३

काठमाडौं- भोटेकोशी बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्बजनिक गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका 

रसुवामा आएको बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए) टोलीले प्रारम्भिक प्रतिवेदन बुझाएको छ। प्रारम्भिक आँकलन विस्तृत क्षति विवरण नभएको प्राधिकरणले स्पष्ट पारेको छ। प्रारम्भिक प्रतिवेदनअनुसार बाढीबाट ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। क्षतिग्रस्त घरधुरीका आधारमा प्रत्यक्ष रूपमा ३२ हजार ९३३ जना प्रभावित भएको अनुमान गरिएको छ। त्यसैगरी ४८ वटा सरकारी संरचनामा क्षति पुगेको छ। तीमध्ये ३५ वटा पूर्ण रूपमा र १३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

त्यस्तै, बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ वटा पूर्ण रूपमा र सात वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। स्वास्थ्य संस्थातर्फ चार वटा पूर्ण र तीन वटा आंशिक गरी सात वटा संस्थामा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

सडकतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। बाढीबाट १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान गरिएको छ। यसका कारण करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा ह्रास आउने प्रारम्भिक आँकलन गरिएको छ।

बाढीबाट पाँच जिल्लामा पशुपन्छी तथा कुखुरापालन क्षेत्रमा समेत प्रभाव परेको छ। प्रभावित क्षेत्रमा १७ वटा बैंकका शाखा पनि प्रभावित भएका छन्।

ऊर्जा क्षेत्रतर्फ ७८३ मेगावाट विद्युत् उत्पादनमा प्रभाव परेको छ। प्रभावित क्षेत्रमा १३ वटा जलविद्युत् आयोजना, एउटा सोलार प्लान्ट र दुई वटा प्रसारण लाइनमा क्षति पुगेको प्रारम्भिक विवरण प्राधिकरणले सार्वजनिक गरेको छ।

प्रकाशित: Sep 05, 2026| 09:31 शनिबार, भदौ २०, २०८३
प्रतिक्रिया दिनुहोस्