शनिबार, असार २७, २०८३

लिभरपुलले सेन्टर ब्याक भित्र्याउँदैन : क्लोप

प्रिमियर क्लब लिभरपुलले जारी जनवरी ट्रान्सफर विन्डोमा सेन्टर ब्याक खेलाडी अनुबन्ध नगर्ने भएको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं- प्रिमियर क्लब लिभरपुलले जारी जनवरी ट्रान्सफर विन्डोमा सेन्टर ब्याक खेलाडी अनुबन्ध नगर्ने भएको छ।

क्लबका प्रशिक्षक योर्गेन क्लोपले काेभिड-१९ का कारण क्लबमा आर्थिक मन्दी भएकाले नयाँ खेलाडी अनुबन्ध नगर्ने जानकारी दिएका हुन्।

अहिलेको टिममा रहेका रक्षक भर्जिल भान डाइक र जोय गोमेज लामो समयका लागि बाहिर छन् भने जायल मटिप पनि २०१६ मा अनुबन्ध भएयता धेरै पटक चोटको सिकार भएका छन्।

यस्तो अवस्थामा प्रशिक्षक क्लोपले भने, ‘क्लबमा केही आर्थिक समस्याहरू छन्। तर, यो क्लब पहिलेदेखि र अहिले पनि मालिकको साथमा छ। उनीहरू हामी जे गर्छौं, त्यसका लागि उत्तरदायी छन्।’

खेलाडी चोटका कारण बाहिर भए पनि लिभरपुल ईपीएल तालिकाको शीर्षस्थानमा छ। तर, उसले पछिल्ला तीन खेलबाट मात्र दुई अंक मात्र जोड्न सकेको छ। जहाँ दुई बराबरी र एक हार व्यहोरेको थियो।

कोरोना कारण विश्व खराब अवस्थाबाट गुज्रिरहेको भन्दै क्लोपले भने, ‘म एकजना पनि ल्याउँदिनँ भनेर ठोकुवा गरेर त भन्न सक्दिनँ तर विश्वको अवस्था हेर्दा ल्याउन सक्ने अवस्था छैन।’

साथै उनले यो समय खेलाडी अनुबन्ध गर्नका लागि उपयुक्त नभएको पनि बताएका छन्।

लिभरपुलले आज एफए कपको तेस्रो चरणमा एस्टोन भिल्लाको सामना गर्दैछ। तर, उनीहरूको प्रतिस्पर्धी टिम भने कोरोना भाइरसको संक्रमणमा छ।

यता प्रतिस्पर्धी एस्टोन भिल्लाले युवा खेलाडी खेलमा उतार्ने भएको छ। उसले यू-२३ का खेलाडी टिममा ल्याउने बताएको हो।

प्रकाशित: Jan 08, 2021| 03:49 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।