आइतबार, भदौ २१, २०८३

ट्राफिक प्रहरीले राख्न थाल्यो सडक बत्ती

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न संघ संस्थाको समन्वयमा सडक बत्ती राख्न थालेको छ। 
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न संघ संस्थाको समन्वयमा सडक बत्ती राख्न थालेको छ। 

कोटेश्वर कलंकी सडक खण्डमा सवारी दुर्घटनाको सख्या बढेसँगै ट्राफिक महाशाखाले त्यसको कारण खोजी गरेको थियो। सवारी दुर्घटनाको कारणहरुमध्ये तीव्र गति र अध्याँरो सडकको कारण बढी दुर्घटना भएको पाइएपछि महाशाखाले सडकमा बत्ती राख्न थालेको हो।

विशेष गरी रातको समयमा सडक बत्तीको अभावले अध्याँरोको कारण जेब्राक्रसिङ्ग तथा जथाभावी बाटो काट्ने क्रममा दुर्घटनाको जोखिम उच्च रहेको हुनाले बिभिन्न सँघसंस्थाहरुसँग समन्वय गरी त्यस्ता स्थानहरुमा स्ट्रिट लाईट जडान गर्न थालिएको हो। 

साथै तीब्र गतिका कारण हुने दुर्घटना न्यूनिकरण गर्न बढी दुर्घटना जोखिम रहेका स्थानहरुमा रातको समयमा समेत टल्किने पीभीसी ट्राफिक कोणद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

जाडो मौसम शुरु भएसँगै केही समययता दुर्घटनाको जोखिम बढेको र बढी दुर्घटना हुन सक्ने स्थानहरुको पहिचान गरी त्यस्ता स्थानहरुमा ट्राफिक महाशाखाले स्थानीय संघ संस्था तथा समाजसेवीहरुसँग समन्वय गरी सडक बत्ती  जडान र टल्किने ट्राफिक कोण राख्न शुरु गरिएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उक्त सडक खण्डको बीएण्डबी अगाडि, स्टार अस्पताल अगाडि सानेपा, बल्खु सुमो पार्क, खसी बजार, सीता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप, कलंकीलगायतका स्थानहरुमा सडक बत्ती जडान गरेको छ। 

साथै ती सडक खण्डको विभिन्न १४ स्थानमा गति नियन्त्रण गर्न टल्किने कोणहरुसमेत राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ। 

प्रकाशित: Jan 07, 2021| 14:25 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।