शुक्रबार, असोज २, २०८३

चन्द्रागिरि हिल्सको आईपीओ आजबाट खुला

चन्द्रागिरि हिल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख नौ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं - चन्द्रागिरि हिल्सले आज (शुक्रबार) देखि सर्वसाधारणमा आईपीओ  बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५ करोड ३४ लाख नौ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो। त्यसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ। बाँकी १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो।

आईपीओ छिटोमा पुस २८ गते र तोकिएको समयमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ। 

इच्छुक आवेदकले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित: Jan 08, 2021| 01:40 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्