बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टेस्लाका मालिक बने विश्वकै धनाढ्य व्यक्ति, मंगल ग्रहमा सहर बसाउने उद्देश्य  

टेस्लाका मालिक बने विश्वकै धनाढ्य व्यक्ति, मंगल ग्रहमा सहर बसाउने उद्देश्य  

टेस्ला गाडी र स्पेसएक्सका मालिक एलोन मस्क विश्वकै धनाढ्य व्यक्ति बन्न सफल भएका छन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– टेस्ला गाडी र स्पेसएक्सका मालिक एलोन मस्क विश्वकै धनाढ्य व्यक्ति बन्न सफल भएका छन्।

National life

बीबीसीका अनुसार उनको कुल सम्पत्ति १८५ अर्ब अमेरिकी डलर छ। 

सन् २०१७ देखि विश्वको धनाढ्यको पहिलो नम्बरमा रहँदै आएका अमेजनका मालिक जेफ बेजोसलाई यो वर्ष टेस्ला मालिकले पछि पारेका हुन्। 

सन् १९७१ जुन २८ मा जन्मेका मस्क अमेरिकी उद्यमी हुन्। टेस्ला कम्पनीले टोयोटा, फक्सवागन, हुण्डाई, जनरल मोटर्स र फोर्डजस्ता विश्व प्रख्यात गाडीका ब्राण्डलाई पनि उछिनेको छ। 

मस्कले आफ्नो सम्पत्तिको प्रयोग गरी मंगल ग्रहमा सहर बनाउने र सबै प्रकारका जीवनको अस्तित्व सम्भव तुल्याउने उद्देश्य भएको बताएका छन्। 

Laxmi sunrise bank
kumari

ट्वीट गर्दै मस्कले भनेका छन्, ‘पृथ्वीमा कुनै आपत् आयो भने यो एउटा विकल्प बन्न सक्छ।’ 

विद्युतीय गाडी उत्पादक टेस्लाको सेयर मूल्य एक वर्षदेखि निरन्तर उकालो लागेको छ। अमेरिकामा डेमोक्र्याटले जितेसँगै टेस्लाको सेयर मूल्य आकाशिएको छ। विद्युतीय गाडी अबको भविष्य भएकोले यो गति अझै बढ्ने जानकारहरूको बुझाइ छ। 
 

प्रकाशित: Jan 08, 2021| 04:55 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।