आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भलिबलका खेल सुरु हुँदै, भोलिबाट हुने प्रभातेश्वर कपको तालिका सार्वजनिक

भलिबलका खेल सुरु हुँदै, भोलिबाट हुने प्रभातेश्वर कपको तालिका सार्वजनिक

 काठमाडौंको चन्द्रागिरिमा भोलि (शनिबार) बाट सुरु हुने प्रभातेश्वर पुरुष भलिबल कपको तालिका सार्वजनिक गरिएको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं- काठमाडौंको चन्द्रागिरिमा भोलि (शनिबार) बाट सुरु हुने प्रभातेश्वर पुरुष भलिबल कपको तालिका सार्वजनिक गरिएको छ।

महामारीका कारण लामो समयसम्म रोकिएको खेल चलायमान गराउने क्रममा भोलिबाट खेल सुरु गर्न लागिएकाे आयोजकले बताएको हो।

खेल तालिकाअनुसार १६ टिमलाई चार समूहमा बाँडेर प्रतियोगिता गर्ने आयोजकले बताएको छ।

समूह ए मा दिप्तेश्वर गाउँपालिका, आरजी भलिबल ग्रुप, बूढानिलकण्ठ भलिबल सेन्टर र श्री शान्त सेकेन्डरी स्कुल पोखरा परेका छन्।

समूह बी मा फाइभ स्टार युथ क्लब, गीताञ्जली कलेज, सिटी स्पोर्टस् र आरआर कलेज काठमाडौं छन्।

यस्तै समूह सी मा आयोजक प्रभातेश्वर स्पोर्टस् क्लब, एमभीटीसी बसपार्क, देउराली युवा जागरण क्लब र मुगु रारा युथ क्लब छन्।

समूह डी मा महाकाल भलिबल क्लब चन्द्रागिरि, ढाेरपाटन क्लब, केएस युवा क्लब र एमभीटीसीको बी टिम छन्।

समूह चरणका खेल आगामी २९ गतेसम्म हुनेछ, जसमा सबै समूहका विजेता र उपविजेता टिम क्वार्टरफाइनलमा सहभागी हुनेछन्।

फाइनल खेल माघ ३ गते हुनेछ।

प्रतियोगिताको विजेताले एक लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रूपैयाँ पाउने छ।

त्यस्तै तेस्रो र चौथो हुनेले क्रमशः २५ हजार र १० हजार रूपैयाँ पाउने छन्।

प्रकाशित: Jan 08, 2021| 04:22 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।