बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई फेसबुकमा अनिश्चतकालका लागि प्रतिबन्ध

अमेरिकी राष्ट्रपति ट्रम्पलाई फेसबुकमा अनिश्चतकालका लागि प्रतिबन्ध

बुधबार अमेरिकी संसद् भवनमा आक्रमण भएपछि उनीमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लागेको हो।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको छ। बुधबार अमेरिकी संसद् भवनमा आक्रमण भएपछि उनीमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लागेको हो। 

National life

फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले फेसबुक पोस्टमार्फत यो जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा भएका घटनाबाट ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरणमा बाधा पुर्‍याउन चाहन्छन् भन्ने स्पष्ट भएको जुकरबर्गले बताएका छन्।

ट्रम्पले हिंसात्मक प्रदर्शनमा उत्रिएका आफ्ना समर्थकको निन्दा गर्नुको साटो स्याबासी दिन फेसबुकको प्रयोग गरेको उनको भनाइ छ। फेसबुकले बिहीबार ट्रम्पको एउटा पोस्ट हटाइदिएको थियो। 

अब नयाँ राष्ट्रपतिले सत्ता नसम्हालेसम्म ट्रम्पले फेसबुक र इन्स्टाग्राम चलाउन पाउने छैनन्।
 

प्रकाशित: Jan 07, 2021| 17:39 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।