आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको दुवै समूहलाई सात दिनभित्र आधिकारिकता दाबी गर्न निर्वाचन आयोगको पत्र

नेकपाको दुवै समूहलाई सात दिनभित्र आधिकारिकता दाबी गर्न निर्वाचन आयोगको पत्र

राजनीतिकरूपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दाबी गर्न निर्वाचन आयोगले पत्र पठाएको छ। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं- राजनीतिकरूपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दाबी गर्न निर्वाचन आयोगले पत्र पठाएको छ। 

निर्वाचन आयोगका अनुसार सात दिनभित्र आधिकारिकता दाबी गर्न भन्दै नेकपाको दाहाल-नेपाल र ओली समूहलाई पत्र पठाइएको हो।

नेकपाले आधिकारिकताका लागि दिएका पत्रहरूको व्यहोरा समावेश गरेर आयोगले पत्र पठाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्णय गरेर दुवै पक्षलाई पत्राचार गरिसकेको जानकारी दिए।

‘हामीले उहाँहरूलाई पत्र पठाइसकेका छौं,’ उनले भने, ‘सात दिनभित्र आधिकारिकता दाबीसहित आएमा त्यसपछि थप प्रक्रिया अघि बढाइनेछ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गर्न आयोगले यसअघि नै पत्र पठाएको भए पनि दुवै समूहले आफू नै वैधानिक भएको आधिकारिकता दाबी गरेका थिएनन्।

दुवै समूहले आधिकारिकता दाबीसहित आयोगमा पत्र नपठाएपछि आयोगलाई निर्णय लिनमा ढिलाइ भइरहेको आयोगको भनाइ छ। 

तर, अहिलेसम्म नेकपाका दुवै समूहले केन्द्रीय कमिटीका बैठकका निर्णय, एकले अर्कालाई कारबाही गरेको पत्र र बहुमत रहेको निवेदन भने दर्ता गरेका छन्। आयोगले त्यसरी दिएको निवेदन कानुनसम्मत नहुने भन्दै कानुनी रूपमा दाबी गर्नुपर्ने बताउँदै आएको छ।

आयोगमा दाहाल-नेपाल समूहले अहिलेसम्म तीनवटा र ओली समूहले दुईवटा मात्रै निवेदन पेस गरेका छन्। 

आयोगले राजनीतिक दलसम्बन्धी नियम २५ को ४ अनुसार विवरण बुझाउन भनेको छ। उक्त नियम ४ अनुसार जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिन्ह (लोगो) मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधारसहितको विवरण पेस गर्न सात दिनको समय दिई सम्बन्धित दललाई सूचित गर्नेछ। 

दुवै समूहले अहिलेसम्म पार्टी विभाजन भएको घोषणा भने गरिसकेका छैनन्। तर, विभाजन तहसम्मकै गतिविधि भने उनीहरूले गरिरहेका छन्। 

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उनीहरूले छुट्टाछुट्टै केन्द्रीय कमिटीका बैठक गरेका थिए। 

त्यसयता अहिले दुवै समूहले पार्टी कमिटीका बैठक, भेला र नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिने काम गर्दै आइरहेका छन्।

प्रकाशित: Jan 08, 2021| 06:05 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।