आइतबार, भदौ २१, २०८३

तराईमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

अहिले तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं। अहिले तराईका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ। 

कुहिरोसँगै मानिसहरूको दिनचर्या प्रभावित बनेको छ। चिसो पनि बढेको छ। 

जाडो छल्न मानिसहरू आगो तापेर बसिरहेका छन्। 

देशका अधिकांश भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ।

देशमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। 

महाशाखाका अनुसार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ। 

राति प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ। 

प्रकाशित: Jan 08, 2021| 01:50 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।