आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओली देश दौडाहामा, आज सुदूरपश्चिममा आयोजित सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओली देश दौडाहामा, आज सुदूरपश्चिममा आयोजित सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओली आजबाट देश दौडाहामा निस्कने भएका छन्। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं- प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओली आजबाट देश दौडाहामा निस्कने भएका छन्। 

देश दौडाहाका क्रममा आज उनी सुदूरपश्चिम प्रदेशमा आयोजना हुने सभालाई सम्बोधन गर्न त्यहाँ जाँदैछन्।

नेकपा ओली समूहले प्रदेशस्तरीय सभा गर्ने क्रममा सुदूरपश्चिममा पहिलोपटक सभा गर्न लागेको हो। पार्टी फुटपछि ओलीले सम्बोधन गर्ने राजधानी बाहिरको यो पहिलो सभा हो।

सभामा ओलीले सम्बोधन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। नेकपा दाहाल=नेपाल समूहले अवरोध गर्ने सूचना पाएपछि सुरक्षाका लागि कम्तीमा एक हजार सुरक्षाकर्मी धनगढीमा परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ। 

पार्टीको सभामा सहभागी हुनेले कालो मास्क लगाउन समेत प्रतिबन्ध लगाइएको छ। पार्टीको सभाका लागि मोटरसाइकलमा जतिसक्दो बढी मानिस ओसार्न पनि पार्टीका नेताहरूले कार्यकर्तालाई निर्देशन दिएको बताइएको छ। यसलगत्तै ओली अन्य प्रदेशमा आयोजना हुने सभामा सहभागी हुनेछन्। 

नेकपा फुटपछि दिनैपिच्छे देशैभर आयोजना हुने भेला, सभा र जमघटले विश्व महामारीका रूपमा फैलिएको कोरोना संक्रमण झन् बढ्ने चिन्ता स्वास्थ्य विज्ञहरूको छ। 

प्रकाशित: Jan 08, 2021| 01:24 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।