सिरहा- नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले सिरहामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।
प्रतिनिधिसभा विघटनको विरोधमा उक्त संगठनले आज (बिहीबार) सिरहाको गोलबजारमा पुत्ला दहन गरेको हो।
मंगलबारदेखि पुस २९ गतेसम्म विरोधस्वरुप अनेरास्ववियूले बयलगाढा प्रदर्शन, सडक नाटक प्रदर्शन, मन्त्रीलाई कालो झण्डा देखाउने तथा देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने लगायतका कार्यक्रम राखेको अनेरास्ववियूका केन्द्रीय सदस्य पुजन सिंहले जानकारी दिए।
विरोधका कार्यक्रमको तेस्रो दिन पुत्ला दहन गरिएको हो।