औपचारिक रुपमा एमाले फुटिसकेको छैन। संसदीय दल अहिले पनि एकै ठाउँमा छ। तर पार्टीको आन्तरिक सांगठनिक जीवनमा अलग–अलग ढंगले क्रियाकलापहरु अगाडि बढिरहेका छन्।
नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राज्यसत्ताको दुरुपयोग गरेर पार्टीमा निरंकुशता लादेको आरोप लगाएको छ।