काठमाडौं– नेकपा (एमाले) का नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कटाक्ष गरेका छन्।
एमाले र माओवादी केन्द्रलाई बुँताउने सर्वोच्च अदालतको आदेशविरुद्ध आज पुनरावलोकन गरेका अध्यक्ष प्रचण्डलाई पोखरेलले ट्विट गर्दै भनेका छन्, ‘क. प्रचण्ड, एकता जोगाउने प्रयासलाई तपाईंले उपेक्षा गर्नुभो। एकताको मर्मविपरीत अन्तरविरोधमा खेल्नुभो। अब चैं अदालतको दैलोमा किन ?’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल एमाले ओली समूहका हुन्।