शुक्रबार, असार २६, २०८३

कोहली अप्रिल १ देखि बैंगलोरको टिममा सहभागी बन्ने

अप्रिल ९ बाट सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि धेरै टिमले अभ्यास थालेका छन्।
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं – अप्रिल ९ बाट सुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि धेरै टिमले अभ्यास थालेका छन्।

विराट कोलही कप्तानी रहको रोयल च्यालेन्सर्ज बैंगलोरले पनि सोमबारदेखि  अभ्यास थालेको छ। 

भर्खरै इंग्ल्यान्ड–इन्डिया क्रिकेट सिरिज सकेका विराट कोहली अप्रिल १ देखि बैंगलोरको टिममा सहभागी बन्न लागेका हुन्। 

चार खेलको टेस्ट सिरिज, पाँच खेलको टी–२० र तीन खेलको एकदिसीय खेलेर मार्च २७ मा मात्र बबल च्याम्बिरबाट मुक्त भएका उनी अब बैंगलोरको स्क्वाडमा प्रवेश गर्न सात दिनको अनिवार्य क्वावरेन्टिन बस्नुपर्नेछ।

सिरिजमा इन्डियाको कप्तानी गरेका कोहलीले टेस्ट, टी२० र एकदिवसीयमा घरेलु टिमलाई जित दिलाउन मुख्य भूमिका खेलेका थिए।

सिरिजको समयमा गत जनवरी अन्त्यबाट नै उनी बायो सेक्योर इन्भारमेन्टमा बसिरहेका थिए। उनीसँग बसेका युजवेन्द्र चहल र मोहम्मद सिरज भने मंगलबार सुरु भएको अभ्यासमा सहभागी भइसकेका छन्।

प्रकाशित: Mar 30, 2021| 10:54 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।