आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महन्थ ठाकुर भन्छन्– हाम्रो हातखुट्टा बाँधिएको छ अनि कसरी सरकारमा जानु ?

महन्थ ठाकुर भन्छन्– हाम्रो हातखुट्टा बाँधिएको छ अनि कसरी सरकारमा जानु ?

‘सांसद जेलमा छन्। नेता तारिखमा छन्। मेयरहरुमाथि मुद्दा चलिरहेको छ। यसरी हाम्रो हातखुट्टा बाँधिएको छ अनि कसरी सरकारमा आउनु?
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफूहरूको हातखुट्टा बाँधेर राखेकाले सरकारमा आउन कठिन भइरहेको बताएका छन्।

राजधानीमा मंगलबार रिपोर्टर्स क्लबको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले भने, ‘सांसद जेलमा छन्। नेता तारिखमा छन्। मेयरहरुमाथि मुद्दा चलिरहेको छ। यसरी हाम्रो हातखुट्टा बाँधिएको छ अनि कसरी सरकारमा आउनु?’ 

उनले आफूहरुले अघि सारेका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरे। उनले भने, ‘हाम्रो मुद्दामा ध्यान दिनुहोस्, त्यो हाम्रो मात्र होइन, देशको समस्या छ।’ 

उनले जसपाका माग पूरा गर्न प्रक्रिया अगाडि बढाएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए। उनले ओलीलाई उधृत गर्दै भने, उहाँले जतिसक्दो गर्न सक्छु भन्नुभएको छ।’

ठाकुरले आफूले सबै नेतासँग भेटेर सबैको विचार जानिसकेको बताए। उनले भने, ‘हाम्रो साथ आएपछि गरौंला भन्नुुहुन्छ, तर पहिला कसैले कार्यान्वयन गर्छु भन्दैनन्। तीनबुँदे सम्झौता पनि कार्यान्वयन भएन।’ 

उनले पछिल्ला दिनमा प्रधानमन्त्री ओलीसँग भेटघाट बाक्लिएको बताए। उनले प्रमुख दल नै आपसमा नमिलेका कारण देशमा  स्थिरता हुन नसकेको बताए। 

अध्यक्ष ठाकुरले भने, ‘संसद् चलिरहेको छ तर शोक प्रस्ताव आएर स्थगित हुँदै आएको छ। विधेयक आए पनि पारित हुने सम्भावना देखिँदैन।’  

उनले मधेसी र थारू समुदाय अझै विभेदमा रहेको बताए। उनले भने, ‘उनीहरूलाई पनि अधिकार छ भने किन जेलमा छन्?’ 

उनले संविधान संशोधनको माग मधेसको मात्र नभएर सम्पूर्ण नेपालीको रहेको बताए। ठाकुरले भने, ‘यो माग हाम्रो मात्र होइन, सबै पीडितको माग हो।’ 

उनले नागरिकताको माग पनि मधेसको मात्र नभई देशका सबै नागरिकको समस्या रहेको बताए। 

ठाकुरले भने, ‘भाषा र संस्कृतिको समस्या पनि छ। हामी भन्छौं, बहुभाषिक, बहुसांस्कृतिक छौं। तर त्यो कार्यान्वयन भएको छ त?’

प्रकाशित: Mar 30, 2021| 10:07 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।