आइतबार, भदौ १४, २०८३

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा बराल

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. गेहनाथ बराल नियुक्त भएका छन्। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा प्रा.डा. गेहनाथ बराल नियुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीको सिफारिसमा सरकारले उनलाई चार वर्षका लागि परिषद्को अध्यक्षमा नियुक्त गरेको हो। 

निवर्तमान अध्यक्ष डा. अन्जनीकुमार झाको चारवर्षे कार्यकाल सकिएसँगै परिषदको अध्यक्ष पद खाली थियो। 
सोही रिक्त स्थानमा डा. बराल नियुक्त भएका हुन्। 

स्त्री तथा प्रसूति विशेषज्ञ डा. बराल ११ औं तहका चिकित्सक हुन्। उनी यसअघि कोसी अस्पतालमा थिए। त्यस्तै उपाध्यक्षमा डा. गौरव ढकाल नियुक्त भएका छन्। उनी अर्थोपेडिक सर्जन हुन्।
 

प्रकाशित: Mar 30, 2021| 11:07 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।