काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) आज मंगलबार ३२.१५ अंकले उकालो लागेर २५७५ अंकमा अडिएको छ। दिनभर २०९ कम्पनीको १ करोड २२ लाख कित्ता सेयर ६ अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ।
यसदिन ६ वटा कम्पनीले ९ प्रतिशतभन्दा बढी कमाएका छन्। बढी कमाउनेमा वोमी माइक्रोफाइनान्सका लगानीकर्ता छन्। वोमीका लगानीकर्ताले मंगलबार ९.९९ प्रतिशतले कमाएका छन्।
त्यस्तै ९ प्रतिशतभन्दा माथि कमाउने कम्पनीहरुमा सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, समिट लघुवित्त र स्वाभिमान लघुवित्त कम्पनी छन्।
मंगलबार सबैभन्दा बढी गुमाउनेहरुमा युनाइटेड इदि मर्दी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, रिडी हाइड्रोपावर, पाँचथर पावर र गुडविल फाइनान्स छन्।
मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ४८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने निर्धन उत्थान लघुवित्तको ४३ करोड ६९ लाख रुपैयाँ, एनएलजि इन्स्योरेन्सको ३३ करोड १६ लाख रुपैयाँ, अपर तामाकोशीको २८ करोड ९७ लाख रुपैयाँ र जलविद्युत लगानी तथा विकास कम्पनीको २८ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।