काठमाडौं– नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राज्यसत्ताको दुरुपयोग गरेर पार्टीमा निरंकुशता लादेको आरोप लगाएको छ।
उक्त समूहका ११ जना नेताले आज मंगलबार संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण कामहरु भइरहेका छन्।’
वक्तव्य जारी गर्नेहरुमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्यद्वय मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डे छन्।
यस्तो छ संयुक्त वक्तव्य


