काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
देउवा निवास बूढानीलकण्ठमा मंगलबार अपराह्न दुई नेताबीच भेटवर्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल गर्न दाहाल देउवा निवास पुगेका थिए।
देउवा र दाहालबीच करिब आधा घण्टा वान टु वान कुराकानी भएको थियो। दाहालले कुनै ठोस प्रस्ताव नराखेको सभापति देउवाका स्वकीय सचिव भानुले जानकारी दिए।
‘उहाँ (दाहाल) ले कुनै ठोस प्रस्ताव राख्नुभएन। समसामयिक विषयमा कुराकानी भएको हो,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने बारे कांग्रेस, माओवादी र जसपाबीच छलफल भइरहेको छ। देउवासँग छलफल गरेर दाहाल जसपाका नेता बाबुराम भट्टराईलाई भेट्न टोखा पुगेका छन्।