शुक्रबार, असोज ९, २०८३

मेगा बैंकले रिक्सा धितो राखेर कर्जा दिने

 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ। 

मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो। सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका सञ्चालक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे।

विपन्न तथा न्यून आय भएका रिक्सा चालकहरुलाई उद्यमी बनाउने उद्देश्यले यो सम्झौता गरिएको हो। रिक्सा चालकहरुले आफ्नै स्वामित्वमा तीन पाङग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्नुपर्नेछ। त्यसका लागि सोही रिक्सा धितो राखे पुग्छ। 
 

प्रकाशित: Mar 30, 2021| 09:12 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्