शुक्रबार, असोज ९, २०८३

इसेवा र इन्फोडेभलपर्सबीच सहकार्य

 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ।

सहकारी तथा माइक्रोफाइनान्सलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले एक कार्यक्रकाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे।

सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गरेका सहकारी तथा माइक्रो फाइनान्स डिजिटल भुक्तानीमा जोडिनेछन्। उनीहरुले कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा दिन सक्नेछन्। 

जसबाट सहकारी तथा माइक्रो फाइनान्स्का सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स भुक्तानी, एक सहकारी खाताबाट अर्को सहकारी खातामा रकम ट्रान्सफर, बैंकमा रकम ट्रान्सफर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउनेछन्। यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले पनि बैंकका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउनेछन् । 
 

प्रकाशित: Mar 30, 2021| 09:05 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्