काठमाडौं– गरिमा बैंकले एक महिना लामो रहनुहोस् होसियार नामक अभियान चलाइरहेको छ ।
यस अभियान अन्तर्गत हरेक दिन बैंकले इन्टरनेट बैंकिङमा हुन सक्ने ठगीसँग सम्बन्धित विभिन्न चेतनामूलक सामग्रीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आइरहेको छ।
चिट्ठा परेको छ भन्दै बैकि– विवरण मागेर मोबाइल बैकिङमार्फत हुने ठगीे र अरुलाई आफ्नो बैकिङ विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाउने काम भइरहेको बैंकले बताएको छ।
यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आई.टी. विभागले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ।