शुक्रबार, असोज ९, २०८३

एनआईसी एशिया बैंकले ल्यायो डलर कार्ड

 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– एनआईसी एशिया बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिनेसम्बन्धी सूचना’लाई मध्यनजर गर्दै बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको जनाएको छ।

भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटानबाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

कार्ड प्राप्त गन बैंकका ग्राहकको केवाईसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ।
 

प्रकाशित: Mar 30, 2021| 09:15 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्