सोमबार, जेठ ४, २०८३

चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पीजी) मा भर्ना खुला (सूचनासहित)

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) को रिक्त सिटमा भर्ना आह्वान गरेको छ। 
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) को रिक्त सिटमा भर्ना आह्वान गरेको छ। 

National life

एमडी/एमएस र एमडीएसबाहेकका कार्यक्रममा र्‍याप अप म्याचिङ (ओपन हाउस काउन्सिलिङ) मा सहभागी हुन अनलाइन आवेदन माग गरिएको हो।

चिकित्सा शिक्षा आयोगले पुस १८, १९ र २० गते लिएको प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रहेका र कुनै पनि विश्वविद्यालय/प्रतिष्ठानमा भर्ना नभएका विद्यार्थी ओपन हाउस काउन्सिलिङमा सहभागी हुन पाउनेछन्। 

चैत ९ गते प्रकाशित तेस्रो म्याचिङको नतिजाको भर्ना अवधिपछि विभिन्न कार्यक्रममा रिक्त हुन आएका ९० सिटका लागि आयोगले आवेदन माग गरेको हो।

ओपन हाउस काउन्सिलिङमा नाम निस्किएका विद्यार्थीलाई समूहमा राखी योग्यता क्रमअनुसार विषय रोज्न दिइन्छ।

प्रकाशित: Mar 30, 2021| 09:40 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्