आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केपी ओली एमालेको सानो गुटमात्र बोकेर हिँड्न चाहनुहुन्छ

केपी ओली एमालेको सानो गुटमात्र बोकेर हिँड्न चाहनुहुन्छ

औपचारिक रुपमा एमाले फुटिसकेको छैन। संसदीय दल अहिले पनि एकै ठाउँमा छ। तर पार्टीको आन्तरिक सांगठनिक जीवनमा अलग–अलग ढंगले क्रियाकलापहरु अगाडि बढिरहेका छन्।
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

केपी ओली नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्न चाहनुहुन्छ। तत्कालीन नेकपा (एमाले) र माओवादी (केन्द्र) बीच एकता गरेको पनि प्रधानमन्त्री हुनका लागि हो। घटनाक्रमबाट त्यो पुष्टि भइसकेको छ। केपी ओली के गर्न चाहनुहुन्छ भन्ने कुरा पुस ५ को संसद् विघटन गर्ने निर्णयबाटै थाहा हुन्छ। 

सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि उहाँ निरंकुश हुँदै जानुभएको छ। पार्टीका शीर्ष नेताहरुमाथि कारबाही गरिरहनु भएको छ।

कारबाही त हुनु नै थियो। अरु धेरैलाई पनि कारबाही गर्दै जानुहुन्छ। जिल्ला–जिल्लामा पनि कारबाही सुरु भइसकेको छ। उहाँले केके गर्दै जानुहुन्छ भन्ने कुरामा सचेत छौं । 

एमालेलाई पुनर्गठित गर्ने, सुदृढ गर्ने, रुपान्तरण गर्ने र यो कामलाई देशव्यापी रुपमा अगाडि बढाउने अभियानमा हामी छौं। हालै सम्पन्न हाम्रो राष्ट्रिय कार्यकर्ता भेलाले यो निर्णय गरिसकेको छ। केही भ्रातृ संगठनका समानान्तर केन्द्रीय कमिटी गठन भइसकेको छ। जिल्ला कमिटीहरु पनि गठन हुँदैछन्। 

औपचारिक रुपमा एमाले फुटिसकेको छैन। संसदीय दल अहिले पनि एकै ठाउँमा छ। तर पार्टीको आन्तरिक सांगठनिक जीवनमा अलग–अलग ढंगले क्रियाकलापहरु अगाडि बढिरहेका छन्। फुटेको तहसम्म भने पुगिसकेको छैन। अहिले नै एमाले फुटिसक्यो भनेर निष्कर्ष निकाल्न हतार हुन्छ। त्यो स्थिति सिर्जना भएको छैन।

अब के हुन्छ भन्ने कुरा केपी ओलीका क्रियाकलापमा भर पर्छ। एमाले एकतावद्ध भएर जान्छ वा फुट्छ भन्ने कुरा ओलीका गतिविधिमा भर पर्छ। एमाले विभाजन गर्न चाहन्छु भन्ने त देखाइसक्नुभो उहाँले। 

केपी ओली एमालेको विधानविपरीत काम गर्दै हुनुहुन्छ। नवौं महाधिवेशबाट पारित विधानभन्दा पृथक ढंगबाट चलिरहनुभएको छ।
विधान नै तोडफोड गरेर गरेको निर्णय हामी मान्दैनौं। कारबाही गरेको हामी बुझ्दैनौं। उहाँले गरेको कारबाहीलाई विधानले चिन्दैन।

हाम्रा गतिविधि बेरोकतोक अगाडि बढ्छन्। यस्तो गतिविधि  कहिलेसम्म जान्छ भन्न सकिन्न। अझै पनि मिलाएर जान चाहेको हो भने उहाँ (ओली) सच्चिनुपर्छ। अहिलेसम्मको गतिविधि हेर्दा उहाँ एमालेको एउटा सानो टुक्रा, सानो गुट बोकेर हिँड्न चाहनुहुन्छ भन्ने प्रष्ट भएको छ। उहाँका सबै गतिविधि फुटपरस्त छन्। 

ओलीसँग अझै पनि असल, इमान्दार र सकारात्मक सोच्ने नेता–कार्यकर्ता छन्। उनीहरुले एमालेलाई फुटबाट जोगाउन ओलीलाई सम्झाइबुझाइ गर्न सक्नुहुन्छ भन्ने झिनो आशा अझै बाँकी छ। हाम्रो दबाबबाट चाहिँ ओलीले मान्ने सम्भावना छैन।

सर्वोच्च अदालतले एमालेलाई पूर्ववत् रुपमा फर्काउने आदेश दिए पनि एमाले त्यो अवस्थामा फर्किएन। त्यसैले त्यहाँ बसेर संघर्ष गर्ने ठाउँ पाइएन। त्यसैले फरक ढंगले संगठन बनाएर आफ्ना विचार र योजनाहरु अगाडि बढाउँदैछौं। 

तत्काल अर्को पार्टी घोषणा गर्ने अवस्थामा छैनौं हामी। अन्य पार्टीहरुसँग छलफल गर्ने भनेको पार्टी फुटाउन होइन। यो सामान्य कुरा हो। प्रचण्डमात्रै होइन, अरुसँग पनि हुन्छ, भेटघाट र छलफल। लोकतन्त्र, संघीयता बचाउन सबैसँग मिल्नु नै पर्छ। 

हामीभित्र कुनै अलमल छैन। पुनरवलोकनजस्ता कानुनी प्रक्रिया पनि चलिरहन्छन्। पुनरावलोकन गर्नुपर्छ भन्ने हाम्रो पनि कुरा हो, माओवादीको मात्र होइन। सर्वोच्चबाट आउने निर्णय हेरेर अगाडि बढ्छौं। नयाँ पार्टी दर्ता गर्ने कुरा सोचेका छैनौं । भविष्यमा के हुन्छ त्यो त के थाहा ! 

हामीलाई कारबाहीको असर परेकै छैन। हाम्रो अनुहार, मनस्थिति, क्रियाकलापमा कुनै असर परेको छैन। अझ बढी सक्रिय, एकीकृत र प्रष्ट रुपमा अगाडि बढ्नुपर्छ भन्ने अठोट बढेको छ।

(मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै)
 

प्रकाशित: Mar 30, 2021| 11:12 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।