नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा छन्। विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक-वाम प्यानल र निर्मला शर्मा नेतृत्वको राष्ट्रवादी प्यानलले चुनाव प्रचारलाई तीव्र बनाएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिगर्मन गराउने खाका बनाउन प्रस्ताव गरेका छन्।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीले अधिवेशनबाट निर्वाचित भएका जिल्ला अध्यक्षलाई हटाएर अरुलाई जिम्मा दिने काम गरेको बताएका छन्।
दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन्। संस्थाको दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर लतिलपुरमा...
भारतका धेरैजसो राज्यमा कोरोनाको नयाँ रूप डबल म्युटेन्ट भेरियन्टको संक्रमण बढ्दै गएको देखिएको छ। यो भेरियन्टका संक्रमित बढेसँगै कोरोना संक्रमणको दोस्रो लहर आएको बताउन थालिएको छ।