शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दुई अर्ब हिनामिनाको आरोपमा गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

दुई अर्ब हिनामिनाको आरोपमा गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ

दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन्। संस्थाको दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर लतिलपुरमा उजुरी परेपछि उनी पक्राउ परेका हुन्। 
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं– दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन्।

संस्थाको दुई अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै महानगरीय प्रहरी परिसर लतिलपुरमा उजुरी परेपछि उनी पक्राउ परेका हुन्। 

चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। परिसरले हाल उनलाई पक्राउ गरी ललितपुर ल्याएको छ। 

गुणविल सहकारीमा रहेको निक्षेप रकमलाई जथाभावी ऋण दिएको र सो ऋण उठाएर निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकेपछि उनी फरार भएका थिए। उनीमाथि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 04, 2021| 08:49 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्