काठमाडौं - छत्तीसगढको बिजपुरमा शनिबार आतंककारी हमला भएको छ। हमलामा परी १४ जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता भएका छन्।
समाचार एजेन्सी एनआईएका अनुसार शव बरामद भएकाहरूको अझै पहिचान हुनसकेको छैन।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृह मन्त्री अमित शाह र छत्तीसगढका मुख्य मन्त्री पुपेश बघेलले घटनालाई लिएर दु:ख व्यक्त गरेका छन्।
सुरक्षाबललाई जोनागुडाको पहाडमा आतंककारीले हमला गर्ने सूचना प्राप्त भएको थियो। छत्तिस गढका प्रहरी महानिरीक्षक ओपी पालले शुक्रबार राति बिजापुर र सुकमा जिल्लामा केन्द्रीय रिजर्व पुलिसको बल पठाइएको बताए।
'कोबरा बटालियन, डीआरजी र एसटीएफको संयुक्त टोली दुई हजारको संख्यामा आतंकबादीहरूले कब्जा जमाएको इलाकामा पठाएका थियौं। तर, शनिबार सात सय जवानलाई तर्रेम इलाकाको जोनागुडा पहाडमा घेरा गर्दै आक्रमण गरियो', उनले भने।
उनले तीन घन्टासम्म मुडभेड भएको बताए। अमरउजालाबाट