आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार महासंघमा दुई प्यानल चुनावी मैदानमा, कसका प्रतिबद्धता कस्ता?

पत्रकार महासंघमा दुई प्यानल चुनावी मैदानमा, कसका प्रतिबद्धता कस्ता?

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा छन्। विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक-वाम प्यानल र निर्मला शर्मा नेतृत्वको राष्ट्रवादी प्यानलले चुनाव प्रचारलाई तीव्र बनाएका छन्।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा छन्। विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक-वाम प्यानल र निर्मला शर्मा नेतृत्वको राष्ट्रवादी प्यानलले चुनाव प्रचारलाई तीव्र बनाएका छन्।

पोखरेल नेतृत्वको प्यानललाई कांग्रेस निकट नेपाल प्रेस युनियन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट प्रेस सेन्टर, नेपाल कम्युनिस्ट (एमाले)को माधव–झलनाथ निकट प्रेस चौतारी र अन्य पत्रकारका संघसंगठनको समर्थन छ। यस्तै शर्मा नेतृत्वको प्यानललाई एमालेकै केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारी, जनता समाजवादी पार्टी निकट प्रेस मञ्चलगायतका पत्रकार संघसंगठनको समर्थन छ।  

महासंघमा यसपटक प्रत्यक्ष निर्वाचन प्रणाली अबलम्बन गरी मतदानको व्यवस्था गरिएको छ। जसका कारण उम्मेदवारहरुको दौडधुपसमेत बढेको छ। महासंघका देशभरका करीब १३ हजार सदस्यले नेतृत्व चयनका लागि मतदान गर्नेछन्।  

पोखरेल र शर्माबाहेक पत्रकार गजेन्द्रसिंह बुढाथोकीले समेत अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

पोखरेल र शर्मा नेतृत्वको प्यानलले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् भने बुढाथोकीले आफ्ना एजेन्डा विभिन्न माध्यमबाट प्रचार गरिरहेका छन्। 

पोखरेल प्यानलका प्रतिबद्धता
लोकतन्त्रिक, व्यवसायिक तथा समावेशी प्यानल नाम दिइएको पोखरेल नेतृत्वको प्यानलले व्यावसायिक प्रतिबद्धता, अबको महासंघ, न्यू मिडिया, साना लगानीका सञ्चारमाध्यम, एफएम रेडियो र टेलिभिजन, स्थानीय मिडियाको विकास, कारोना  र लकडाउनविरुद्धको अभियान र विशेष योजना शीर्षकका बुँदामा आफ्ना प्रतिबद्धता समेटेका छन्। 

पत्रकारको पेसागत र भौतिक सुरक्षादेखि महासंघलाई दलीय राजनीतिक प्रभावबाट मुक्त गर्नेसम्मका योजना पोखरेल नेतृत्वको प्यानलले गरेको छ। 

पत्रकारको दक्षता अभिवृद्धि, समानुपातिक विज्ञापन नीति, न्यू मिडियालाई मूलधारको पत्रकारिताका रूपमा विकास गर्ने लगायतका प्रतिबद्धता पोखरेल नेतृत्वको प्यानलको छ।

यस्तो छ, पोखरेल प्यानलको घोषणापत्र 

No description available.

No description available.

शर्मा प्यानलका प्रतिबद्धता
प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानल नाम दिइएकव शर्मा प्यानलले ७ बुँदे घोषणापत्र सार्वजनिक गरेर चुनावी मैदानमा होमिएको छ। यो प्यानलले पत्रकारको हकहित र पत्रकारिताको विकासका निम्ति राष्ट्रिय आमसञ्चार नीति लागू गर्दै ‘पत्रकारसँगै पत्रकार महासंघ’को नारा अघि सारेको छ। पत्रकारको वृत्ति विकासका निम्ति श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गराउने शर्मा नेतृत्वको प्यानलको प्रतिबद्धता छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार महासंघलाई दलीय राजनीतिबाट मुक्त गराउने योजना यो समूहको छ।  

यस्तो छ, शर्मा नेतृत्वको प्यानलको घोषणापत्र 

No description available.No description available.

दलीय सिन्डिकेट तोड्ने बुढाथोकीको प्रतिबद्धता
महासंघको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका बुढाथोकीले महासंघमा दलीय सिन्डिकेट तोड्ने नारा अघि सारेका छन्। दलीय छायामा परेर व्यावसायिक पत्रकारको हकहितको मुद्दा ओझेलमा परेकाले पत्रकारको साझा चौतारीका रूपमा महासंघलाई विकास गर्ने प्रतिबद्धता उनले गरेका छन्। महासंघलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने उनको प्रतिबद्धता छ। 

चैत २५ गते देशभरका विभिन्न मतदान केन्द्रमा मतदान हुने कार्यतालिका महासंघको छ। 

प्रकाशित: Apr 04, 2021| 09:36 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।