शनिबार, फागुन ३०, २०८२

ललितपुर मेयर कप : दोस्रो जितसहित फाइनलको बाटोमा एपीएफ

ललितपुर मेयर कप टी–२० क्रिकेटअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हराएको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं– ललितपुर मेयर कप टी–२० क्रिकेटअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हराएको छ।

National life

टस जितेर ब्याटिङ रोजेको एपीएफले निर्धारित पूरा ओभर खेल्दै दुई विकेट गुमाएर १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा सुदूरपश्चिमले १९ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर ९० रन बनाएपछि खेल एपीएफले जितेको हो।

पहिलो इनिङमा एपीएफकी कप्तान सिता राना मगरले १६ रन बनाए पनि ज्योति पाण्डेले अर्धशतकीय पारी खेल्दै एपीएफलाई सहज अवतरण गराइन्। उनले ५० बलमा सात चौकासहित ५९ रन बनाइन्।

पाण्डेलाई सुदूरपश्चिमकी कविता जोशीले पवेलियन फर्काइन् भने कप्तान मगरलाई सुनिता लुहारले आउट गराइन्। तेस्र्रो नम्बरमा मैदान छिरेकी सरिता मगरले पनि ३५ रनको योगदान दिएकी थिइन्।

जवाफी ब्याटिङमा सुदूरपश्चिमका सुरुआति तीन खेलाडी क्रमशः २, ५ र २ रनमा आउट भएपछि उसले कमजोर सुरुआत गर्यो। सुनिता लोहार र डोल्ली भट्टले क्रमशः २३ र १६ रन बनाउँदै लज्जास्पद हारबाट बचाएका थिए।

Laxmi sunrise bank
kumari

यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन नगरेपछि एपीएफले जित निकाल्यो। एपीएफका लागि विनु बुढाले तीन विकेट गिराइन् भने कप्तान मगर र सुमन विष्टले समान २–२ लिए। एक विकेट लिनेमा रेखा रावल र सुस्मा श्रेष्ठ रहे।

लगातार दुई खेलमा जित निकाल्दै एपीएफले चार अंक बनाएको छ। उसले दुई जित निकाल्दै फाइनल नजिक पुगेको छ। फाइनल पुग्न उसलाई अब एक जित आवश्यक छ। यता सुदूरपश्चिमले हिजोको खेलमा जित निकाले पनि आज हार बेहोर्दै दुई अंक जोडेर दोस्रो स्थानमा छ।

यसबाहेक अन्य टिमले अंक तालिकामा खाता खोल्न सकेका छैनन्।
 

प्रकाशित: Apr 04, 2021| 07:16 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।