शुक्रबार, कात्तिक २८, २०८२

सलमानले बचाएका थिए दीया मिर्जाकी आमाको ज्यान

सलमान निकै मनकारी बलिउड सुपरस्टार हुन्। आम मानिसको मात्र नभएर सलमान आफ्ना सहपाठिहरूलाई पनि सहयोग गर्छन्।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

सलमान निकै मनकारी बलिउड सुपरस्टार हुन्। आम मानिसको मात्र नभएर सलमान आफ्ना सहपाठिहरूलाई पनि सहयोग गर्छन्।

National life

सलमानले सहपाठिलाई सहयोग बेला-बेला चर्चामा कमाउने गरेका छन्। सलमानले आफ्नी आमाको ज्यान बचाएको भन्दै दीया मिर्जाले उनको सामाजिक सञ्जाल ट्विटरमा खुलेर तारिफ गरेकी छन्।

दीयाकी आमा बेहोश भएकी थिइन्। आमाको अवस्था देखेर दीया निकै आत्तिएकी थिइन्। उनले  तुरुन्त सलमानलाई फोन गरिन्।

फोन गर्ने वित्तिकै सलमान दीयाको घर आए। उनले आमालाई तुरुन्त अस्पताल लगे। डाक्टरले दीयाकी आमालाई १५ मिनेट मात्रै ल्याउन ढिला गरेको भए ज्यानै जाने बताएका थिए।

दीयाले यसका लागि सलमान खानप्रति आभार व्यक्त गरेकी छन्। उनले सन् २०१५ मा एक ट्विट गर्दै सलमानको तारिफ गरेकी थिइन्।

Laxmi sunrise bank
kumari

'सलमानले मेरी आमाको ज्यान बचाएका थिए। त्यो गुन कहिले तिर्न सक्ने छैन', उनले लेखेकी थिइन्।

हालसालै मात्र सलमानले राखी सावन्तको आमालाई पनि सहयोग गरेका छन्। राखीले पनि सामाजिक सञ्जालमा सलमानको तारिफ गरेकी छन्।

प्रकाशित: Apr 04, 2021| 06:50 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्