शुक्रबार, असार २६, २०८३

महिला भलिबल लिगमा पुलिस र आर्मीको जित

पाचौं एनभीए राष्ट्रिय पुरुष/महिला भलिबल लिगमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं – पाचौं एनभीए राष्ट्रिय पुरुष/महिला भलिबल लिगमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पुलिसले ढोरपाटन स्पोट्स क्लबलाई ३–० को सेटमा पारजित गरेको हो।

पहिलो सेटमा २५–५ को जित निकालेको पुलिसले दोस्रो सेटमा २५–९ को सानदार जित निकालेको थियो। त्यस्तै, अन्तिम सेटमा पनि पुलिसले २० अंको अन्तरका साथ सेट जित्दै खेल आफ्नो पोल्टामा पार्‍यो।

यो जितसँगै पुलिसले तीन खेलबाट ८ अंक जोडिसकेको छ। ढोरपाटनले अंकतालिकामा खाता खोल्न सकेको छैन्।

आजकै दोस्रो खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले भरतपुर महानगरलाई सोझो सेटमा पराजित गरेको छ।

प्रतियोगितामा लगातार दबाबा महशसुस गरेको भरतपुरले ९ अंक जोड्दा आर्मीले पहिलो सेटमा २५ अंक बनाउँदै जित निकाल्यो। त्यस्तै दोस्रो सेटमा आर्मीले भरतपुरलाई २५–८ मा रोक्यो भने तेस्रो सेट पनि १२ पोइन्टको अग्रताका साथ जित निकाल्यो।

यस्तै  त्रिभुवन आर्मी क्लवले पनि तीन जितबाट  ८ अंक जोडेको छ।

प्रकाशित: Apr 04, 2021| 07:38 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।