शुक्रबार, असार २६, २०८३

ललितपुर सिटीले थाल्यो बन्द प्रशिक्षण

नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब ललितपुर सिटी फुटबल क्लबले आजबाट बन्द प्रशिक्षण सुरु गरेको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं - नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब ललितपुर सिटी फुटबल क्लबले आजबाट बन्द प्रशिक्षण सुरु गरेको छ।

उसले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना राख्दै खेलाडीलाई प्रशिक्षणमा उतारेको बताएको हो।

क्लबले बन्द प्रशिक्षणमा अभ्यास गरिरहेको खेलाडीसहित लेखेको छ, ‘पोखरामा आजबाट हाम्रो बन्द प्रशिक्षण सुरु भएको छ।’

क्लबले अब चाँडै सबै खेलाडीलाई बोलाएर अभ्यास सुरु गर्ने पनि बताएको छ। यससँगै पोखरा बन्द प्रशिक्षण सुरु गर्ने पहिलो क्लब बनेको छ।

अर्को क्लब बुटबल लुम्बिनीले पनि चाँडै अभ्यास सुरु गर्ने बताएको छ।

ललितपुर सिटी फुटबल क्लबको टिम : अन्जन विष्ट (मार्की)

विनोद गुरुङ, कमल श्रेष्ठ, प्रवेश दनुवार, मिक्छेन तामाङ, नविन लामा, एरिक विष्ट, विमल राना, रोहित कार्की, संन्यज योन्जन लामा, रन्जन विस्ट, निरोज बस्नेत, पासाङ लामा, गौरव बुढाथोकी र अर्पण कार्की

प्रकाशित: Apr 04, 2021| 07:57 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।