शुक्रबार, असार २६, २०८३

हामी ईपीएल उपाधिको संघारमा छौं : ग्वार्डिओला

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको क्लब म्यानचेस्टर सिटी यो सिजनको उपाधि नजिक पुगेको छ।
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको क्लब म्यानचेस्टर सिटी यो सिजनको उपाधि नजिक पुगेको छ।

मार्चको अन्तर्राष्ट्रिय विन्डोपछि हिजो शनिबारबाट सुरु भएको घरेलु लिगमा जित निकाल्दै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उपाधि नजिक पुगेको बताएका हुन्।

उनले प्रतिद्वन्दी लेस्टर सिटीलाई २–० गोलअन्तरले हराएपछि भने, ‘मलाई प्रिमियर लिग अरु प्रतियोगिताभन्दा औधी मनपर्छ। र, हामी लिग उपाधिको निकै नजिक छौं।’

अहिले सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १७ अंक अघि छ। आठ खेल बाँकी रहेको लिगमा उसको उपाधि यात्रा टाढा भने छैन।

‘अहिलेको च्याम्पियन लिभरपुल हो, उनीहरुसँग क्राउन छ तर हामी अब त्यसलाई लिने पक्षमा छौं,’ उनले थपेका छन्, ‘लकडाउनमा दर्शकविहीन हुँदा निकै अप्ठ्यारोका साथ खेल्यौँ। हामी यो सिजन कहिल्यै विर्सनै छैनौँ।’

यदि यो सिजनमा पनि सिटीले उपाधि जित्न सके ग्वार्डिओलाले चार सिजनमा तीन उपाधि जित्नेछन्। उनले यसअघि पनि २०१७–१८ र २०१८–१९ को लिगको उपाधि जितिसकेका छन्।
 

प्रकाशित: Apr 04, 2021| 06:20 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।