आउँदो मे २९ मा निर्धारित युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्ने स्थान स्तानबुलको राष्ट्रिय रंगशालालाई बनाइए पनि इंग्ल्यान्डको ट्राभल रेड लिस्टमा परेपछि सर्न सक्ने देखिएकाे छ।
‘विश्वका कथाहरूको उत्सव’ नारासहित सुरु भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणमा राष्ट्रिय प्रतिस्पर्धातर्फ ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित भएको छ।
विपक्षी गठबन्धनले ३१ सांसदकाे हस्ताक्षर संकलन गरेर दाबी पेस गरे गण्डकी प्रदेशले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रूपमा पाउने छ भने त्यसाे हुन नसके पृथ्वीसुब्बा गुरूङ नै मुख्यमन्त्रीमा दोहोरिने छन्।