काठमाडौं - आउँदो मे २९ मा निर्धारित युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्ने स्थान स्तानबुलको राष्ट्रिय रंगशालालाई बनाइए पनि इंग्ल्यान्डको ट्राभल रेड लिस्टमा परेपछि सर्न सक्ने देखिएकाे छ।
आउँदो च्याम्पियन्स लिग फाइनलमा इंग्ल्यान्डका चेल्सी र म्यानचेस्टर सिटी भिड्दैछन्। सरकारले स्तानबुललाई भ्रमण गर्न नमिल्ने देशको सूचीमा राखिरहेको अवस्थामा उनीहरू त्यहाँ जान पाउने छैनन्।
यसकारण अहिले युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले पोर्चुगलको राजधानी लिस्बनका गर्ने तयारी पनि सुरु गरेको छ। किनभने पोर्चुगल इंग्ल्यान्डको भ्रमण गर्ने ग्रिन लिस्टमा छ।
यता इंग्लिस एफएले भने इंग्ल्यान्डकै वेम्बले रंगशालालाई वैकल्पिक मैदानका रुपमा प्रयोग गर्न सकिने बताउँदै आएको छ।