बिहीबार, माघ ८, २०८२

टोक्यो ओलम्पिक हुनेमा विश्वस्त छैनिन् जापानी खेलाडी ओसाका

जापानी टेनिस स्टार नाआमी ओसाकाले कोभिड-१९ को संक्रमण देशको ठूलो ध्यानाकषर्णका विषय भएको बताएकी छन्।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं - जापानी टेनिस स्टार नाओमी ओसाकाले कोभिड-१९ को संक्रमण देशको ठूलो ध्यानाकषर्णकाे विषय भएको बताएकी छन्। यसका कारण उनले आउन लागेको ओलम्पिक सम्भव नहुने बताएकी हुन्।

National life

उनले आउँदो जुलाई २३ बाट जापानमा टोक्यो ओलम्पिक २०२० हुनेमा शंका व्यक्त गरेकी छन्। प्रतियोगिता सुरु हुनु १० हप्ताअघि अहिले टोक्यो इमर्जेन्सी उपचार गराइरहेको अवस्थामा छ।

यस्तो अवस्थामा जापानकी विश्व नम्बर दुई ओसाकाले आउँदाे प्रतियोगिताको ओलम्पिक डेब्यू गर्दै छिन्। ‘म एक खेलाडी हुँ, त्यस हिसाबले म आउँदो ओलम्पिकमा खेल्नका लागि उत्साहित छु,’ उनले भनिन्, ‘तर एक मानव भएको हिसाबले हामी महामारीमा छौं भन्ने भुल्नु हुँदैन। मानिसहरू स्वस्थ छैनन् र सुरक्षित महसुस गरिरहेका छैनन् भने यो ध्यानाकर्षणको कुरा हो।’

प्रतियोगिता हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले ओलम्पिक हुने कुरामा शंका रहेको बताएकी छन्। उनले आफूले कहिल्यै पनि ओलम्पिकमा सहभागी नभएको बताउँदै प्रतियोगिताकाे तुलना गर्न नसक्ने बताइन्।

२३ वर्षे ओशाकाले चारपटक ग्राण्डस्लम भने जितिसकेकी छन्। यता अर्की खेलाडी सेरेना विलियम्सले भने आउँदो ओलम्पिकमा सहभागी नहुने बताएकी छन्। विलियम्सले एक सिंगल्स र तीन डबल्स टेनिस जितेकी छन्।

Laxmi sunrise bank
kumari

ओलम्पिक भए पनि विना अन्तर्राष्ट्रिय समर्थक गर्ने भनिएको छ। त्यस्तै, जापानमा अन्य खेलमा जुनबाट समर्थकलाई रंगशालामा प्रवेश दिइने भएको छ।

प्रकाशित: May 11, 2021| 06:17 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।