काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण भएको छ। उनको होम आइसोलेसनमा उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिए।
कोरोना भाइरस संक्रमणको अवस्था प्रारम्भिक भएको र सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको भनाइ छ। दुई दिनअघि अक्सिजनको स्तर कम भएको थियो। तर, अहिले अक्सिजनको स्तर बढेको पुरी बताउँछन्।