काठमाडौं - नेकपा एमालेको माधव-झलनाथ पक्षको स्थायी कमिटीको बैठक सुरु भएको छ। भर्चुअल रुपमा स्थायी कमिटी बैठक सुरु भएको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए।
सोमबार संसदमा भएको मतदानमा अनुपस्थित भएको यो समूहले आजको स्थायी कमिटी बैठकबाट भावी रणनीति तय गर्ने बताइएको छ।
२८ जना सांसद प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन डाकेको बैठकमा अनुपस्थित भएका थिए।