सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो स्कुटर अफ द इयर अवार्ड

‘यामाहा रे जेडआर १२५ एफआई’ले जित्यो स्कुटर अफ द इयर अवार्ड

 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं– यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युल इन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो।

यामाहा रेजेडआर १२५ एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो । यसले ७.५९ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिनसक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघन्टा छ । यसका साथै यसमा ‘स्टप एन्ट स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच’ जस्ता फिचर छन् ।

यस्तै यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमा एफआई प्रविधि र बीएसट इन्जिन रहेको छ । रेजेडआर १२५ एफआईमा ‘वाई’ आकारको एलईडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्युमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’ का लागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको छ।

प्रकाशित: May 11, 2021| 07:15 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्