काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्।
केही बेरअघि प्रचण्ड भेटवार्ताका लागि त्यहाँ पुगेको देउवा निकट स्रोतले जानकारी दिएको छ।
अहिले बूढानीलकण्ठमा दुई नेताबीच छलफल भइरहेको छ। छलफलमा दुवै पार्टीका दोस्रो तहका नेताहरु पनि सहभागी छन्।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरुले छलफल थालेका छन्। बहुमतको सरकार गठन गर्न कठिन भइरहेका बेला अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नका लागि नै प्रचण्ड देउवालाई भेट्न पुगेका हुन्।