बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समयमै उपचार नपाउँदा माओवादी प्रवक्ता श्रेष्ठकी बुहारीको मृत्यु

समयमै उपचार नपाउँदा माओवादी प्रवक्ता श्रेष्ठकी बुहारीको मृत्यु

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठकी बुहारी निर्मला वैद्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

काठमाडौं – माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठकी बुहारी निर्मला वैद्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

समयमै उपचार नपाउँदा निर्मलाको निधन भएको प्रवक्ता श्रेष्ठले फेसबुकमा लेखेका छन्। उनले भनेका छन्, ‘केही दिनदेखि नै अस्पतालको ढोका ढक्ढक्याउँदा सुरुमा इमर्जेन्सी र अक्सिजनसहितको बेडसमेत पाइएन, आईसीयू र भेन्टिलेटर त परको कुरा।’

सरकारी अस्पतालमा बेड नपाएपछि निर्मलालाई एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। उनले भनेका छन्, ‘केही दिनपछि हिजो मात्र बल्ल ट्रमा सेन्टरको आईसीयूमा राख्न सक्यौं। तर तिमीलाई बचाउन सकिएन बुहारी! हार्दिक श्रध्दाञ्जलि!

निर्मलाका पति, राजनीतिक एवं सामाजिक व्यक्तित्व एवम् श्रेष्ठका भतिजो विकल श्रेष्ठ पनि कोभिडका कारण अस्पतालमा उपचाररत छन्। प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘उनलाई पनि आईसीयू चाहिएको अवस्थामा कहाँ  पाइने हो, ठेगान छैन।’

प्रवक्ता श्रेष्ठले बुहारी निर्मला त अहिलेको हाम्रो हालतको एक दृष्टान्त मात्र रहेको बताएका छन्। उनले भनेका छन्, ‘यसरी नै समयमा उपचार पाउन नसकेर कैयौंको दिनदिनै ज्यान गइरहेको छ। म आफैंले पनि अरु धेरै कोभिड संक्रमितका लागि बेड र आईसीयू खोजेको छु, तर पाइराखेको छैन।महामारीका बेला स्वास्थ्य क्षेत्रको यो अव्यवस्था र बेवास्ता क्षम्य हुन सक्दैन।’

प्रकाशित: May 11, 2021| 05:59 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।